कांग्रेस सहमहामन्त्री महत र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँदिल्लीमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । शनिवार बिहान भएको भेटमा सीमा मुद्दा, खोप र रासायनिक मल आपूर्तिबारे छलफल भएको महतले ट्विटरमार्फत जनाएका छन् । कांग्रेस पार्टीबाट प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महत नयाँदिल्ली गएका छन् । भेटवार्तामा महाकाली नदीमा नेपाली बेपत्ता भएको घटना र अन्य पारस्परिक हितका मुद्दामा पनि छलफल गरेको महतले जनाएका छन् ।   Extensive meeting with J Shiva Shanker external affairs minister of India. Discuss...