आमनिर्वाचन, राजनीतिक विवाद, ठूला प्राकृतिक घटनाहरू र अन्य विषयमा संघीय सरकार अलमलिएका बेला ठूला भन्सार नाकाहरूबाट नै चोरी–तस्करी मौलाउनु हाम्रो मुलुकका लागि नौलो विषय रहेन । पछिल्ला वर्षहरूमा यस्ता असमान्य बेलाबाहेक सामान्य अवस्थामा पनि चोरी–पैठारीका घटना नियन्त्रणमा आउन सकेका छैनन् । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको देखिँदै […]