भेरी नदीमा जलस्तर बढ्यो, खतराको तह पार

सुुर्खेत । निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ । भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले […]

सम्बन्धित सामग्री

सप्तकोशीमा जलस्तर बढ्यो : ४८ वटा ढोका खोलियो

सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ४८ वटा ढोका खोलिएको छ ।  केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ४२ हजार क्युसेक पानी मापन गरिएको र  ४६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध, सेती नदीको जलस्तर बढ्यो

लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द भएपछि जिल्लाभरीको आवागमन प्रभावित भएको छ ।

कर्णाली र महाकालीको जलस्तर बढ्यो

लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेश अस्तव्यस्त बनेको छ । तराई–पहाड जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएसँगै पहाडी जिल्लाको जनजीवन प्रभावित भएको हो । सात जिल्ला जोड्ने यस राजमार्गको गोदावरी नगरपालिका–४ स्थित भावर सडकखण्ड क्षेत्र केही दिनदेखि अवरुद्ध छ । केही दिनपहिले सडक खुलाइए पनि वर्षाका कारण पुनः अवरुद्ध भएको छ । त्यस्तै महाकाली र कर्णाली नदीको जलस्तर बढेपछि नदी किनारा तथा तटीय क्षेत्रका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीयवासीले नदीमा पानीको बहाव बढेसँगै बाढीले मानव बस्ती तथा जमिन कटान गर्न थालेकाले ढुवानको समस्या देखिएको बताएका छन् ।

धौलीगंगा बाँध खोलेपछि महाकालीको जलस्तर बढ्यो, भारततर्फ कटानसँगै क्षति

बैतडी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।  आज बिहान ५ बजे खोलिएको बाँधका कारण महाकाली नदीको जलस्तर बढेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। बेलुका ८ बजेसम्म खोलिने बाँधका कारण जलस्तर बढेकाले  सतर्कता अपनाउन आग्रह गरिएको पन्थीको भनाइ छ।  उनले भने, ‘ बाँध खोलेपछि महाकाली नदीको सतह बढेको छ, तर क्षतिको कुनै खबर आएको छैन।’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले महाकाली नदीमा

महाकालीमा जलस्तर बढ्यो, बनबासा पुलमा चारपांग्रे सवारी निषेध

अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेको छ । आइतबार दिउँसोदेखि नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको बनबासा पुलमा चारपांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

महाकालीमा जलस्तर बढ्यो, चार पांग्रे सवारी साधन आवागमन रोकियो

महाकाली नदीमा जलस्तर बढेपछि शारदा ब्यारेजको पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ । शनिबार दिउँसोदेखि महाकालीमा पानीको बहाव बढ्न थालेको हो ।

काठमाडौंका खोलामा जलस्तर बढ्यो

काठमाडौं । शनिबार रातिको भिषण वर्षाले काठमाडौं उपत्यकाका खोला तथा नदीहरुमा जलस्तर बढेको छ । जल तथा मौसम विज्ञान विभागले आज आइतबार बिहान ५ बजे जारी गरेको सूचना अनुुसार सबै नदीमा जलसतह बढ्दो छ । मनोहरा, गोदावरी, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएपछि नदीमा जलस्तर बढेको हो । काठमाडौंमा पानी पर्न […]

कोसी नदीमा जलस्तर बढ्यो

सुनसरी र सप्तरीको सीमा भएर बग्ने कोसी नदीमा जलस्तर बढेको छ । पहाडी जिल्लाहरुमा निरन्तर वर्षा भइरहेकाले बगेर आउने नदी, खोलाहरु मिसिएर कोसीमा पानी बढेको हो ।

कर्णालीमा जलस्तर बढ्यो, सतर्क रहन आह्वान

लगातार दुई दिनदेखि तराई क्षेत्रमा पानी पर्न थालेपछि कर्णाली र बबई नदीमा जलस्तर बढ्दै गएको छ । जलस्तर बढ्दै गएपछि कर्णाली र बबई तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आह्वान गरेको छ ।