राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट नेकपा एसकी उपाध्यक्ष जयन्ती राई विजयी

विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज (बुधबार) भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् । महिला तर्फकी उम्मेदवार राईले ४६५२ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा नेकपा एसकी राई विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए ।