कमल थापा नेतृत्वको राप्रपा नेपालको निष्कर्ष-राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन

कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प भएको निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय समिति बैठकले सो निष्कर्ष निकाल्दै पार्टीको तर्फबाट आवश्यक तयारी गर्ने निर्णय गरेको प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।