काठमाडौं : आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।आयोगको कार्यालय पुल्चोकमा मंगलबार पत्रकार सम्मेलन गरी आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो। पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले संवैधानिक तथा कानुनी प्रावधानको व्यवस्था, मर्म र भावनाअनुसार आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्वको सम्बन्धमा आदिवासी