वैवाहिक बलात्कार कसूरमा साढे ३ वर्ष सजाय

वैवाहिक बलात्कारको कसूरमा उच्च अदालत दिपायलले अछामका एक पुरुषलाई ३ बर्ष ६ महिना कैद सजाय सुनाएको छ। विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको ठहर गर्दै उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगत बहादुर थापाको इजलासले सो फैसला सुनाएको हो ।  बहुविवाह गरेपछि प्रहरीमा जाहेरी दिई कारवाही गराएको भनी प्रतिवादले विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको आरोप लागेको थियो । उक्त मुद्दामा परिवर्तित नाम (ब) ले बहुविवाहको मुद्दाम...