रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि पहल गरिदिन आग्रह (तस्बिरसहित)

काठमाडौँ – रुसी सेनामा कार्यरत नेपाली नागरिकको जीवनरक्षाको माग गर्दै नेपालीस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइएको छ। पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानको तर्फबाट शुक्रबार ध्यानाकर्षणपत्र बुझाइएको हो। राष्ट्रसंघको कार्यालयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा पनि ध्यानाकर्षणपत्र बुझाइएको छ। ‘युद्धमा कुनै साइनो सम्बन्ध नभएको नेपालका नागरिकहरुले अनाहकमा मृत्युवरण […]

सम्बन्धित सामग्री

रुसी सेनामा आबद्ध नेपालीलाई फिर्ता ल्याउन पहल गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताउनुभयो ।

रुसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन तत्काल पहल गर्नुपर्छ : प्रदिप पौडेल

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले रुसी सेनामा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् । संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद पौडेलले रुसी सेनामा कार्यरत रहेका नेपाली युवाहरूलाई …

प्रधानमन्त्रीले रुसी सेनाका परिवारसँग बल्ल भेटे, फर्काउन पहल गर्ने आश्वासन

महिनौंको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा कार्यरत नेपालीका परिवारसँग भेट गरेका छन्।

नेपाली छुटाउन युक्रेनसँग संवाद सुरु

युक्रेनी सेनाको नियन्त्रणमा रहेका चार नेपालीको रिहाइका लागि नेपालले कूटनीतिक पहल सुरु गरेको छ । रुसी सेनामा कार्यरत नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको दुई महिनाअघि खुले पनि बल्ल सरकारले उनीहरूको रिहाइका लागि कूटनीतिक पहल थालेको हो ।

रुसमा मारिएका नेपालीका परिवारजनलाई क्षतिपूर्तिको पहल

रुसी सेनामा कार्यरत अवस्थामा मृत्यु भएका ६ नेपाली नागरिकको परिवारलाई क्षतिपूर्तिका लागि नेपालले रुससँग कूटनीतिक पहल थालेको छ । परराष्ट्र मन्त्रालयले १८ मंसिरमा ६ नेपाली मारिएको पुष्टि गर्दै क्षतिपूर्तिका लागि विज्ञप्तिमार्फत...