कपिलवस्तुको शिवराज नगरपालिका–९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपायलगायत आगो नियन्त्रण गर्न आवश्यक सामग्रीसमेत स्थानीयलाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री हस्तान्तरण गर्दै डिभिजन वन कार्यालय गौतमबद्धका प्रमुख दधिलाल कँडेलले डढेलो रोक्न स्थानीयवासी जागरुक हुनुपर्ने बताए । गर्मीयाममा आगलागीको उच्च जोखिम रहेकाले स