अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रेमिट्यान्स प्राप्त गर्दा ५० रुपैयाँ बाेनस

काठमाण्डाै – आईएमई डिजिटल सोलुशन लिमिटेडले आईएमई पेमा अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ । संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स आईएमई पेमा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रूपमा प्रदान गरिँदै आएको छ । आईएमई पेले सो बोनस रकम आउँदा दिनमा पनि निरन्तरता दिँदै ग्राहकलाई झन्झटविना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको छ । याे बोनस रकम अमेरिका, क्यानडा र अस्ट्...