बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा आज दिउँसो तीन बजे पत्रकार सम्मेलनमार्फत उनले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने अभियान भएको उनको भनाइ छ ।