छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पाल्पा, पर्सा, झापा र धनकुटामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सूर्य प्रसाद श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने