मदिरा बिक्रीमा प्रतिबन्ध लगाउँदा कतार विश्वकपका महिला समर्थक ‘सुरक्षित’

१८ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकपमा महिला समर्थकले सुरक्षित महशुस गरेको बताएका छन् । विश्वकपको यो संस्करणले फुटबल खेलका लागि नयाँ मोडलका रुपमा स्थापित गर्ने उनीहरुको मत छ । जारी विश्वकपमा रंगशाला वरपर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको छ । यसले विश्वकपमा खेलसँग जोडिएको सत्रुतापूर्ण माहोल कम गर्न सहयोग पुगेको छ । […]