छुटाउनै नहुने आजका मुख्य ११ खबर

चार दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेपाल आएका छन्। एमाले अध्यक्ष केपी ओलीले नागरिकता विधेयक फिर्ता लिन माग गरेका छन्। बिहानैदेखि बालुवाटारमा जुटेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ। पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने सरकारले निर्णय गरेको छ। धनगढी पुगेर डा. गोविन्द केसीले २० औँ सत्याग्रह शुरु गरेका छन्।