भारतमा २ करोड नाघे कोरोना संक्रमित, एकैदिन थप ३ लाख ५५ हजार बढीमा संक्रमण पुष्टि

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । गत २४ घण्टामा थप ३ लाख ५५ हजार ८२८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ ।