छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । तेह्रथुम, धादिङ, कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा तेह्रथुमकै फेदाप गाउँपालिका–५ ईसिबुका २६ वर्षीय रबिन खापुङको मृत्यु भएको हो । […]