सुकुम्बासी बस्तीका दुःख, वर्षासँगै बाढीको त्रास

बर्खाका बेला जब आकाशमा कालो बादल मडारिन थाल्छ, तब राजधानीको थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीमा पनि तनाव सुरु हुन थाल्छ । बागमती किनारमा वर्षौदेखि सुकुम्बासी जीवन बिताउँदै आएका उनीहरु वर्षासँगै बाढीको त्रासमा बाँच्न विवश बनेका हुन् । बागमतीमा आउने बाढी पटक पटक बस्तीमा पस्दै आएकाले फेरि कतै यस्तै नियति दोहोरिने हो कि भन्ने चिन्ता उनीहरुमा छ । त्यसैले त पानी दर्किन थालेपछि उनीहरु रातभर निदाउन सक्दैनन् ।  सुकुम्बासीहरु भन्छन्, ‘बाढी आएका निदाउनै सक्दैनौँ । डरैडर