सरकारविरुद्ध संयुक्त विद्यार्थी माेर्चाले निकाल्याे सिठ्ठी जुलुस (तस्बिरहरू)

काठमाडौं । लगातार पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि, महङ्गी तथा भ्रष्टाचारविरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी सङ्गठनले सिठ्ठी जुलुस निकालेका छन् । बिहीबार नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षीय अनेरास्ववियु,  समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखी नयाँ बानेश्वरसम्म विद्यार्थीहरूले सिठ्ठी जुलुस गरेका थिए...