निषेधाज्ञामा बिहे भाेज गर्ने दुलाहा पक्राउ !

पर्वत – जलजला गाउँपालिका २ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको 'हटस्पट' जलजला २ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा बुधवार (आज) पक्राउ परेका हुन् । सोमवार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भिड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । यस गाउँमा  कोरोनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ७५ रहेकाे छ । जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश दिए पनि बि...