साउदीको दमाम र जुवेलमा शिविर राखेर राहदानी सङ्कलन गर्न सकिँदैन : दूतावास

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले दमाम र जुवेलमा शिविर राखेर राहदानी सङ्कलनको आवेदन सङ्कलन गर्न नसकिने बताएको छ । दूतावासको अहिलेको जनशक्तिले धान्नेभन्दा बढी सङ्ख्यामा विद्युतीय राहदानीका लागि आवेदन परेको भन्दै दूतावासले यी दुई क्षेत्रमा राहदानीको आवेदन सङ्कलन गर्न नसकिने बताएको हो ।  यसअघि साउदीको  दमाममा सञ्चालन गरेको शिविरमा एकै दिन विद्युतीय राहदानीका लागि ४७० जनाले आवेदन दिएका थिए । तर अहिलेको जनशक्तिले प्राविधिक रूपमा दैनिक १३० जनाको मात्र आवेदन लिन सक्ने दूतावासले बताएको छ ।&...