दसैं, पुर्खाको धरोहर र सामाजिक सदभाव

 हिन्दूहरूको महान चाडपर्वमध्ये विजया दशमी महान एवम् महत्वपूर्ण पर्व हो । दसैंका विभिन्न नाम छन् । कसैले दशहरा, कसैले बिजया दशमी र कसैले बडा दसैं भनेर नामकरण गरेको पाइन्छ । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णय समितिका अनुसार यसपाली दसैं टीका असोज १९ गते बुधबारका दिन विहान ११ः ५१ बजेको साइत उत्तम रहेको जनाएको छ । हिन्दू धर्मशास्त्रअनुसार त्रेता युगमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ ।