कोभिड ‘वार’ कक्ष सहितको युनिफाइड अस्पताल बन्दै, दुई साता लाग्ने

वीर अस्पतालको भर्खरै निर्माण भएको नयाँ भवन कोभिड १९ को उपचारका लागि युनिफाइड अस्पतालका रुपमा विकास गर्न शुरु गरिएको छ । कम्तिमा दुई हप्ता भित्र काम सक्ने गरी शुरु भएको सो युनिफाइड अस्पतालमा देशभरीका अस्पतालमा कोरोनाका उपचारका लागि कति शय्या, आईसीयू र भेन्टिलेटर छन् । कति शय्या खाली छन् कतिमा विरामी छन् जस्ता ताजा जानकारी राख्ने गरी कोभिड युद्ध (वार) कक्षको पनि स्थापना गरिने छ ।