जिल्ला प्रशासन कार्यालय सप्तरी खुल्नेबित्तिकै मंगलबार राहदानी लिनेहरुको भीड थामिनसक्नु थियो । एकै दिन राहदानी लिन अत्यधिक संख्यामा मानिस आएपछि भीड व्यवस्थापन गर्न समस्या भएको थियो । जिल्ला प्रशासन कार्यालयको मूलगेटदेखि राहदानी फाँटसम्म लाइन लगाइएको थियो । पछिल्लो डेढ महिनादेखि पासपोर्ट वितरण रोकिएकोमा एकै पटक सप्तरीका १७ सय जनाको पासपोर्ट लिन जिल्ला प्रशासनले सूचना दिएपछि भिड बढेको हो ।