पार्टी प्रवेश गर्दै कन्हैया कुमारले भने – कांग्रेस पार्टी रहेन भने देश रहँदैन !

भारतका चर्चित कम्युनिस्ट नेता कन्हैया कुमार मंगलवार भारतीय कांग्रेस प्रवेश गरेका छन् ।  राजधानी नयाँदिल्लीस्थित भारतीय कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रमबीच कन्हैया कांग्रेस प्रवेश गरेका हुन् । बिहार प्रदेशका नेता कन्हैयासँगै गुजरातका निर्दलीय सांसद जिग्नेश मेवानी समेत कांग्रेस प्रवेश गरेका छन् । दुवैले औपचारिक रूपमा पार्टी सदस्यता लिएका छन् । पार्टी प्रवेशपछि कन्हैयाले भने, ‘कांग्रेस भारतको सबैभन्दा ठूलो प्रतिपक्षी पार्टी हो, कांग्रेस रह्यो भने देश रहन्छ, कांग्रेस रहेन भने देश रहँदैन ।’ उनले...

सम्बन्धित सामग्री

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सिरहा आउँदै एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा आउने भएका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश तथा आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सिरहा आउन लागेका हुन् ।सिरहाले गोलबजार नगरपालिकामा ८ चोहर्वा स्थित नमूना जनता मावि प्राङ्गणमा एमालेले जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । उनले विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले बताए ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, एकीकृत समाजवादी लगाय

कांग्रेस प्रचण्डकाे कार्यकर्ता बनेर हिँडिरहेकाे छ : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको दाबी गर्नुभएकाे छ । बुधवार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले प्रचण्डको कार्यकर्ता बनेर हिँडिरहेको कांग्रेस आचरण, नीति र व्यवहार सबै हिसाबले लोकतान्त्रिक हुनै नसक्ने तर्क गर्नुभयाे ।  अध्यक्ष ओलीले विगतमा पनि कांग्रेसले देशविरोधी काम गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहारसमेत गुमाएको आरोप लगाउनुभयो । उहाँले माओवादी केन्द्र पार्टी नभइ प्रचण्ड एन्ड कम्पनी भएकाले त्यसको बारेमा टिप्...

मुलुकलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलक तीन दशकदेखि कांग्रेस र कम्युनिस्ट पार्टीको चक्रव्यूहमा रहेको र अहिलेको निर्वाचनबाट त्यसलँई तोड्नुपर्ने बताएका हुन् । ‘आउने निर्वाचनलाई नेपाली जनता जो ३ दशकदेखि कांग्रेस कम्युनिस्टको चक्रव्यूहमा फसेका […]

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

काठमाडौं : अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। अभिनेता शाहीलाई शुक्रवार बिहान गृहमन्त्री बालकृष्ण खाणले कांग्रेस प्रवेश गराएका हुन्। पुल्चोकस्थित मन्त्री क्वाटरमा गृहमन्त्री एवं कांग्रेस नेता खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यतासमेत प्रदान गरेको सोलुखुम्बु तरुण दलका अध्यक्ष अशोक झाले बताए। पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व…

पूर्वजिल्ला सभापति चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश

नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश गरेका छन् । बुधबार नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस बीपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए । चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक […]

कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति कांग्रेस (विपी)मा प्रवेश

डडेल्धुरा : नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (विपी)मा प्रवेश गरेका छन्। नेपाली कांग्रेस (विपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई बुधबार पार्टी प्रवेश गराएका हुन्।हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति डडेल्धुराको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए।चन्दले २०२९ सालमा नेविसंघबाट राजनीतिक यात्रा शुरु गरेका थिए। २०३६ सालमा नेपाली कांग्रेसमा सक्रिय भई बहुदलको प

झुक्याएर खादा लगाई एमाले प्रवेश गराएको कांग्रेस गाउँपालिका सहसचिवको आरोप

चौतारा :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका कांग्रेस कमिटीका सहसचिव रविन्द्र पौडेलले आफूलाई एमालेले झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएका छन्। शनिवार काठमाडौंको एक पार्टी प्यालेसमा एमाले नेता कार्याकर्ताले झुक्याएर खादा लगाई पार्टी प्रवेश गराएको हल्ला चलाएको पौडेलको दाबी छ। सहसचिव पौडेलले एक विज्ञप्ति जारी गर्दै आफू कांग्रेसमै रहेको तर्क गरेका छन्।…

लोसपाका केन्द्रीय सदस्य विजकुमार कांग्रेस प्रवेश

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेस प्रवेश गरेका छन्। आइतवार उनलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। यादवले लोकतन्त्र र स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएको उल्लेख गर्दै लोसपा त्यागेको बताए। केन्द्रीय कार्यालय सानेपामा भएको पार्टी प्रवेश कार्यक्रममा नेता विजयकुमार गच्छदार र प्रदेश २…

स्थानीय निर्वाचन अभियानमा लागे दलहरुः पार्टी प्रवेश गर्ने गराउने होडबाजी सुरु

दाङ – राजनीतिक दल स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारमा जुटेका छन्। प्रमुख दलहरुले आफ्ना गतिविधि गाउँ केन्द्रित गर्दै प्रचारप्रसार तीव्र बनाउन थालेका छन्। प्रचारप्रसार र घरदैलो अभियानसँगै पार्टी प्रवेश गराउने होडबाजी नै चलेको छ। प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत एक–अर्काको नेता तथा कार्यकर्ताहरुलाई आआफ्नो पार्टी प्रवेश गराउनेमा छ। यी दलहरुको […]

कन्हैया कुमारलाई स्वागत गर्न कांग्रेस पार्टी कार्यालयमा भव्य तामझाम !

चर्चित कम्युनिस्ट युवा नेता कन्हैया कुमार मंगलवार भारतीय कांग्रेस पार्टी प्रवेश गर्दैछन् ।  कम्युनिस्ट पार्टीबाट बिहार प्रदेशमा लोकसभा चुनाव लडिसकेका कन्हैया गुजरात प्रदेशका सांसद जिग्नेश मेवाणीसँगै कांग्रेस प्रवेश गर्दैछन् । केहीबेरमा राजधानी नयाँदिल्लीस्थित कांग्रेस पार्टी कार्यालयमा दुवै नेतालाई स्वागत गरिँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार कन्हैयाको स्वागत समारोह हुने पार्टी कार्यालयमा भव्य तामझामको व्यवस्था गरिएको छ । पार्टी कार्यालयबाहिर पोस्टर टाँसिएका छन् भने मञ्च सजावट गरिएको छ । पार्टी कार्यालयमा कांग्रेस नेता ...