बेपत्ता भएका बालक १७ दिनपछि मृत भेटिए

पर्वत । विगत १७ दिनदेखि बेपत्ता एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन निस्किएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् । पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीकाअनुसार मङ्सिर २४ गते दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका […]

सम्बन्धित सामग्री

रोल्पा जिप दुर्घटनामा बेपत्ता चालक नुवाकोटका बुद्धिबहादुर मृत भेटिए

काठमाडौँ – रोल्पाको माडी खोलामा शुक्रबार राति भएको जिप दुर्घटनामा परी बेपत्ता भएका नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत फेला परेका छन् । बा७च ५००२ नम्बरको जिप शुक्रबार राति शहीद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा चालक ककनी गाउँपालिका–४ जगरेका तामाङ बेपत्ता भएका थिए । घटनाको तीन दिनपछि मंगलबार […]

टिकटक बनाउने क्रममा चिप्लिएर तालमा बेपत्ता भएका युवा मृत भेटिए

टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा बेपत्ता भएका दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ३७ वर्षीय बेद बहादुर बस्नेत मृत भेटिएका छन्  । उनको तालभित्र अन्दाजी ५० मिटर तल शव फेला परेको सल्यान प्रहरीले जनाएको छ । मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए ।

बाग्मती नदीमा नुहाउन गएका २ बालक मृत भेटिए

काठमाडौं, ३१ असार । रौतहटमा बिहीबार नुहाउन नदीमा पसेका दुई बालकको शव भेटिएको छ । रौतहटको बाग्मती नदीमा बिहीबारदेखि हराएका बालकहरुको शव फेला परेको प्रहरीले जनाएको छ । नुहाउन नदीमा गएका दुर्गाभगवती–३ का १३ वर्षीय हर्ष झा र सोही स्थान वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका हुन् । दुई बालकको शव […]

डोजरका सह–चालक नदीमा मृत भेटिए

गोरखा, २५ फागुन । मंगलबारदेखि बेपत्ता भएका गोरखाका विकास भट्ट मृत फेला परेका छन् । गोरखा नपा–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका २२ वर्षीय भट्टको शव आज बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ । भीमसेन थापा गाउँपालिका–१ का भट्ट डोजरको सह–अपरेटरको काम गर्दै आएका थिए । उनी मंगलबारदेखि बेपत्ता भएका थिए । उनको […]

दरौंदी नदीमा बेपत्ता भएका विकास भट्ट मृत भेटिए

काठमाडौँ । गोरखा नगरपालिका–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका–१ का २२ वर्षीय विकास भट्टको शव बुधवार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ । डोजरको सह–अपरेटरको रूपमा काम गर्दै आएका उनी मङ्गलवार साँझदेखि बेपत्ता थिए । नदी किनारमा मृतकको लुगा, चप्पल, मोबाइल र पैसासमेत […]

खेतको खोल्सीमा एक जना मृत भेटिए

झापाको कनकाई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरुष मृत भेटिएका छन् । घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज बिहान मृत अवस्थामा फेला परेका थिए । माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हुनसक्ने स्थानीयवासीले आङ्शका गरेका छन् । घटनाका

बागलुङमा खोलाले बगाउँदा बालक बेपत्ता, अर्का पुरूष मृत भेटिए

बागलुङको ढोरपाटन नगरपालिका ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्।

भरत तालमा डुबेर बेपत्ता युवक २६ घण्टापछि मृत भेटिए

सर्लाही : सर्लाहीको बागमतीस्थित भरत तालमा डुबेर बेपत्ता भएका युवक २६ घण्टापछि मृत फेला परेका छन्।हिजो दिउँसो तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका बागमती नगरपालिका–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आज साँझ साँढे पौने ६ बजेतिर मृत फेला परेका हुन्।मगर हिजो दिउँसो ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी गर्दा युवकको शव फेला परेको हो। बोटमा चढेर तथा पौडी खेलेर खोज्दा समेत युवकको अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा

पोखरीमा बेपत्ता भएका युवक मृत भेटिए

बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिकामा पौडी खेल्दा बेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन्। सोमवार साँझ ५ बजे कञ्चन गाउँपालिका–३ पथरहीयामा रहेको पोखरीमा पौडी खेल्ने क्रममा सोही स्थानका ३२ वर्षीय कमल श्रीस बेपत्ता भएका थिए। खोजी गर्नेक्रममा मंगलवार बिहान १०:३० बजे सोही पोखरीमा श्रीसको शव फेला परेको जिल्ला प्रहरी…