निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

असार ४, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा एभरेष्ट बैंकको तर्फबाट सन्तोष कुमार भट्टराईलाई नियुक्त गरेको छ ।  कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।