अमेरिकी एसपीपी सम्झाैताले नेपाललाई सैनिक गठबन्धनतिर लैजाने सङ्केत गर्छ : रावल

काठमाण्डाै – नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरशिप प्राेग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने बताउनुभएकाे छ ।   आज मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले एमसीसी पारित गर्दा नै नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अङ्ग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुँदैछ भन्ने आशङ्का गरेको उल्लेख गर्दै एसपीपीको दफा र घटनाक्रमले पनि त्यतै सङ्केत गरेको बताउनुभयाे ।  सांसद रावलले भन्नुभयो, &lsquo...