पूर्व राजदूत एवं उद्योगी रुक्म शम्शेरको निधन

काठमाडौं : उद्योगी रुक्मशम्शेर राणाको निधन भएको छ। मिर्गौला, सुगर र प्रेसर रोगबाट पीडित रहेका उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार विहान निधन भएको हो। राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्। उनी डाबर नेपालका प्रबन्ध निर्देशकसमेत भएका थिए। बहुर्राष्ट्रिय कम्पनी डाबरलाई नेपाल ल्याउने श्रेय उनैलाई जान्छ। सन् १९८९…

सम्बन्धित सामग्री

विराटनगर सम्म रेल सञ्चालनको माग

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको विराटनगर भ्रमणका क्रममा उद्योगी व्यवसायीहरूले विराटनगरको आइसीपीसम्म रेल सेवा सञ्चालनका लागि माग गरेका हुन्। ...

विराटनगरमा भारतीय कन्सुलेट कार्यालय खोल्न भारतीय राजदूत श्रीवास्तव उत्साहित

मोरङ – विराटनगरमा भारतीय कन्सुलेट अफिस खोल्नका लागि पहल गर्न सकिने भारतीय राजदूत नवीन श्रीवास्तावले जनाएका छन्। विराटनगरस्थित मोरङ ब्यापार संघद्वारा मंगलबार आयोजित ्कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले विराटनगरमा भारतीय कन्सुलेट कार्यालय खोल्न सक्दा विराटनगरवासी र उद्योगी व्यवसायीलाई नै फाइदा पुग्ने बताएका थिए। उनले भने, ‘विराटनगरमा रहेको भारतीय कन्सुलेट कार्यालय केही वर्षअघि हटाइएको छ। त्यस विषयमा […]

‘नेपाल–अमेरिकाबीच द्विपक्षीय व्यावसायिक हितबारे छलफल भएको छ’

मोरङ – उद्योग तथा व्यवसायको विषयमा अमेरिकी राजदूत डिन आर थम्पसनसँग विराटनगरका उद्योगी व्यवसायीले छलफल गरेका छन्। उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यावसायिक हितबारे छलफल भएको जानकारी दिए। उद्योग संगठन मोरङमा शुक्रबार भएको छलफलमा अमेरिकाले सहुलियतपूर्ण प्रवेशको अनुमति दिएको ७७ वटा वस्तुको सूची पुनरवलोकन गर्न माग गरेको अध्यक्ष प्याकुरेलले बताए। […]

मन्त्री भण्डारी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सुक्खा बन्दरगाहका विषयमा राजदूत श्रीवास्तवको ध्यानाकर्षण गराएका थिए । उनले नेपालमा लगानी गर्ने उद्योगी व्यवसायीका लागि सरकारले सहज वातावरण बनाउने बताए । […]

उद्योग संगठन मोरङ–श्रीलंकाली राजदूत भेटवार्ता

विराटनगर (अस) । उद्योग संगठन मोरङका प्रतिनिधि र श्रीलंकाली राजदूत हिमाली अरुणतिलकाबीच भेटवार्ता भएको छ । काठमाडौंस्थित श्रीलंकालीे दूतावासमा हालै भएको भेटघाटमा द्विपक्षीय व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि आपसी अनुभव, शीप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ । सो अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले दुई देशबीच धार्मिक तथा सांस्कृतिक समानतालाई आर्थिक एवं व्यावसायिक महत्त्व र अवसरमा रूपान्तरणको सम्भावनाबारे संगठनले चासो राखेको उल्लेख गरे । पर्यटनको क्षेत्रमा श्रीलंका र नेपालबीच व्यावसायिक सम्बन्धको विकास, आपसी अनुभव तथा प्राविधिक ज्ञान आदान प्रदान गर्न नेपाली उद्योगी र श्रीलंकाका उद्योगीहरूबीच सम्बन्ध विस्तारका लागि सहजीकरण गरिदिन उनले राजदूतलाई अनुरोध गरे । संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले निर्यातमूलक उद्योगको प्रवद्र्धनका लागि श्रीलंकाले गरेको सफल अभ्यासका अनुभव तथा प्रयासबारे नेपाली उद्योगी जान्न र बुझ्न उत्सुक रहेको बताए । राजदूत अरुणतिलकाले श्रीलंका र नेपालबीच उत्पादनमूलक उद्योग, निर्माण, पर्यटन लगायत धेरै क्षेत्रमा सहकार्यको सम्भावना रहेको भन्दै दुई मुलकका उद्योगी तथा व्यवसायीबीच सहजीकरण गर्न आपूm तयार रहेको बताए । दूतावासकै पहलमा उद्योग संगठन मोरङ र सिलोन नेशनल चेम्बर अफ इन्डस्ट्रिजबीच संस्थागत सहकार्यका लागि २७ जनवरीमा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।

मोरङका उद्योगीले भेटे श्रीलंकाका राजदूत, व्यवसायिक सहकार्यमा जोड

पूर्वका उद्योगी/व्यवसायीले नेपालका लागि श्रीलंकाका राजदूतसँग भेटघाट गरेका छन् । उद्योग संगठन मोरङको टोलीले श्रीलंकाका राजदूत हिमाली अरुयातिलकासँग भेटघाट गरेका हुन् । राजदूतसँग द्धिपक्षीय व्यवसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकास लगायतका विषयमा छलफल भएको बताइएको छ ।भेटमा संगठनका अध्यक्ष प्याकुरेलले श्रीलंका र नेपालबीच पर्यटनको सम्भावना बढेको बताए । उनले नेपाल–श्रीलंकाबीच सिधा हवाई उडान सुरु भइसकेकाले पर्यटन प्रवद्र्धनको सम्भावना रहेको बताए ।नेपाल र श्रीलंका चिया,

उद्योगी र स्विस राजदूतबीच छलफल

नेपालका लागि स्विस राजदूत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसँग औद्योगिक दक्ष जनशक्ति उत्पादनमा सहकार्यको सम्भावनाका विषयमा भेटघाट भएको छ ।उद्योग संगठन मोरङको कार्यसमिति र स्विस राजदूतबीच संगठनको सचिवालयमा भेटघाट भएको हो । भेटघाटमा स्विटजरल्याण्ड र नेपालबीच हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले सञ्चालन गरिरहेको सीप विकास कार्यक्रमलगायतका विषयमा राजदूत […]

उद्योग संगठनका प्रतिनिधि–स्वीस राजदूत भेटवार्ता

विराटनगर (अस) । नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ क्यापेलर र उद्योग संगठन मोरङका प्रतिनिधिबीच भेटवार्ता भएको छ । उद्योग  संगठनको सचिवालयमा सोमवार भएको भेटवार्तामा स्वीट्जरल्याण्ड र नेपालबीच हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले सञ्चालन गरिरहेको शीप विकास कार्यक्रमबारे विषयमा छलफल भएको छ । राजदूत क्यापेलरले उद्योग संगठनले अघि बढाएका कार्यक्रमको सफलताको शुभकामना समेत व्यक्त गरिन् । संगठनको वर्तमान कार्यसमितिले अघि बढाएका कार्यक्रमको प्रस्तुतीकरणपछि राजदूत क्यापेलरले स्वीस सरकारले धेरै पहिलेदेखि स्थानीय संस्थाहरूसँग यस्तै कार्यक्रमको अपेक्षा गरेको र आफूले विगत आठ वर्षको अवधिमा पहिलोपटक यो स्तरको कार्यक्रमका बारेमा हेर्ने र बुझ्ने अवसर पाएको बताइन् । उद्योगी आफैले प्रशिक्षार्थी छनोट गर्ने व्यवस्था नहुन्जेल यस्तो तालीम उपलब्धिमूलक नहुने भन्दै राजदूत क्यापेलर यसका लागि पहल गर्न संगठनलाई आग्रह समेत गरिन् । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले राजदूत क्यापेलरलाई  नेपालमा स्वीस लगानी भित्र्याउन, प्रविधि तथा ज्ञान आदान प्रदान गर्न, संगठन र स्वीस चेम्बरहरूसँग सहकार्य गर्न सहजीकरण गरिदिन अनुरोध गरे । यस प्रकारको भ्रमण निरन्तर भएमा सहकार्यको सम्भावनालाई मूर्तरूप दिन मद्दत पुग्ने उनको भनाइ छ ।  कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, कोषाध्यक्ष विपीन काबरा, कार्यसमिति समिति सदस्य सुरेन्द्र गोल्छा, सञ्जयकुमार अग्रवाल, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, शौरभ सारडा, सुदिप घिमिरे लगायत स्वीस राजदूतावासका बरिष्ठ कर्मचारीकोे सहभागिता थियो ।

उद्योग संगठन मोरङमा स्विस राजदूत, कार्यक्रमको गरिन् प्रशंसा

असोज १९, विराटनगर । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसँग औद्योगिक दक्ष जनशक्ति उत्पादनमा सहकार्यको सम्भावनाका विषयमा भेटघाट गरेकी छन् । उद्योग संगठनले अघि बढाएका कार्यक्रमलाई उनले सफलताको शुभकामना समेत व्यक्त गरिन् । संगठनको सचिवालयमा सोमवार आयोजित भेटघाटमा स्विटजरलैण्ड र नेपाल बीच हुन सक्ने व्यवसायीक तथा व्यापारिक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले सञ्चालन गरिरहेको सिप विकास कार्यक्रम लगायतका विषयमा राजदूत क्यापेलरले विचार विमार्श गरेकी  थिइन् । संगठनले अघि बढाएका कार्यक्रमहरुको प्रस्तुतीकरण सुनिसकेपछि राजदूत क्यापेलरले स्विस सरकारले धेरै पहिलेदेखि स्थानीय संस्थाहरुसँग यस्तै कार्यक्रमको अपेक्षा गरेको र आफूले विगत आठ वर्षको अवधीमा पहिलो पटक यो स्तरको उत्कृष्ठ प्रस्तुती र कार्यक्रमहरुका बारे हेर्ने र बुझ्ने अवसर पाएको भन्दै संगठनलाई कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरिन् ।  सो क्रममा उनले संगठनले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी तालिमको उपादेयताका बारेमा जिज्ञासा राख्दै उद्योगी आफैंले प्रशिक्षार्थी छनौट गर्ने व्यवस्था नहुन्जेल यस्तो तालिम उपलब्धीमुलक नहुने भएकोले यस्का लागि पहल गर्न संगठनलाई आग्रहसमेत गरिन् ।  सो अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले राजदूत क्याम्पेलरलाई संगठनमा स्वागत गर्दै नेपालमा स्विस लगानी भित्राउन, प्रविधि तथा ज्ञान आदान प्रदान गर्न, संगठन र स्विस चेम्बरहरुसँग सहकार्य गर्नका लागि सहजिकरण गरिदिन अनुरोध गर्दै यस प्रकारको भ्रमण निरन्तर भएमा सहकार्यको सम्भावनालाई मूर्तरुप दिन मद्दत पुग्ने बताए ।  साथै अध्यक्ष प्याकुरेलले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम संगठनको प्राथमिकताको कार्यक्रम रहेको भन्दै उद्योगलाई चाहिने जनशक्ति उद्योगले नै तयार गर्ने विषयमा संगठन प्रष्ट रहेको उल्लेख गरे ।  सो अवसरमा संगठनका बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, कोषाध्यक्ष बिपिन काबरा, कार्यसमिति समिति सदस्य सुरेन्द्र गोल्छा, सञ्जय कुमार अग्रवाल, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, शौरभ सारडा, सुदिप घिमिरे लगायत स्विस राजदूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।