आजदेखि मतदाता नामावलीमा दाबी विरोध

काठमाडौं : निर्वाचन आयोगले आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि आजदेखि मतदाता नामावलीमाथि दाबी–विरोधको आव्हान गरेको छ। नामावली अद्यावधिक कार्यक्रम अन्तरगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको हो। आयोगले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा जानकारी गराउन बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोधसमेत गर्न पाउने जानकारी दिए। अद्यावधिक कार्यक्रमअन्र्तगत मतदाता नामावलीमा रहेको त्रुटि