बजेटपछि चार दिनमै १११ अंकले घट्यो नेप्से

काठमाडौं । बजेट वक्तव्यपछि लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट भएको छ । गएको आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसद्मा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । नयाँ बजेटपछि बजार बढ्नेमा आशावादी रहेका लगानीकर्ता लगातार चौथो दिनसम्म पनि गिरावट भएपछि निराश बनेका छन् । साताको चौथो कारोबार दिन बिहीबार नेप्से...

सम्बन्धित सामग्री

बजेटपछि लगानीकर्ता निराश, २.७४ प्रतिशत घट्यो नेप्से

काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव ७४ प्रतिशत अर्थात् ५३ दशमलव १६ अंक घटेर १ हजार ८८८ दशमलव ६१ विन्दुमा झरेको छ । सोमवार सार्वजनिक भएको बजेटले पूँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश हुँदा नेप्से उच्च अंकले घटेको देखिन्छ । धेरै वर्षदेखि धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई भित्र्याउने कुरा उठ्दै आएको थियो । त्यसलाई नै चालू आर्थिक वर्षको बजेटमा निरन्तरता दिइएको छ । चालू आवको बजेटमार्फत लगानीकर्ताले शेयर धितो कर्जामा कायम रहेको १२ करोड रूपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्‍याएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत नै कायम गर्नुपर्ने तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने जस्ता माग गरेका थिए । यी विषयमा कुनै सम्बोधन भएन ।  यस कारण मंगलवार उच्च अंक घटेको देखिन्छ ।  यसो त पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएको छ । यसकारण पनि बिस्तारै ब्याजदर घट्ने देखिन्छ । यसले शेयर बजार सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् ।  यस दिन २७५ धितोपत्रको ७० लाख ७४ हजार २५५ कित्ता ४० हजार ६३४ पटकमा रू. २ अर्ब ३४ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८१८ दशमलव ६० पुगेको हो । त्यस्तै दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ३७२ दशमलव ४० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शनका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव २६ प्रतिशत घटेर रू. २९३ दशमलव १० मा झरेको छ । त्यस्तै दोस्रोमा सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ९ दशमलव १० प्रतिशत घटेर रू. ७ दशमलव शून्य ९ कायम भएको छ ।  मंगलवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. २१ करोड २४ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४६२ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रू. १० करोड ११ लाख बराबर भएको हो ।  यस दिन कारोबारमा आएका समूहगत परिसूचक सबै घटेको छन् । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ५० प्रतिशत घटेको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स २ दशमलव ३६, फ्लोट इन्डेक्स २ दशलमव ७४ र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २९ प्रतिशत घटेका छन् ।

किन लगातार घट्दै छ सेयर बजार, बजेटपछि मात्रै १५८ अंकले घट्यो नेप्से

काठमाडौं । बजेटपछि सेयर बजार घट्ने क्रमले लगातार छैटौं दिन पनि निरन्तरता पाएको छ । समग्रमा लगातार सातौं दिन पनि बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।  जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेका थिए । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा बजेटले...