रुस मान्नैपर्छ भन्ने, युक्रेन मान्दै नमान्ने : के हो मिन्स्क सम्झौताको चुरो ?

पूर्वी युक्रेनमा चलिरहेको पृथक्तावादी द्वन्द्व अन्त्य गर्नका लागि भएको शान्ति सम्झौता लागू नगरिँदा अहिलेसम्म त्यस क्षेत्रमा अशान्ति छ । हालैका दिनमा रुसले युक्रेन सीमानजिक सेना र हातहतियार तैनाथ गरेपछि उक्त शान्ति सम्झौताको पुनः चर्चा हुन थालेको छ । बिहीवार जर्मनीको राजधानी बर्लिनमा रुस, युक्रेन, फ्रान्स र जर्मनीका शीर्ष अधिकारीहरूले शान्ति सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गर्दैछन् । उक्त सम्झौता सन् २०१५ मा बेलारुसको राजधानी मिन्स्कमा हस्ताक्षर गरिएको थियो ।  सम्झौताको दस्तावेजका प्रमुख बुँदाहरू र त्यसको कार्यान्वयनका विषय...