महन्थ र उपेन्द्रबीच ‘गोप्य’ वार्ता

विवाद मिलाउने प्रयासस्वरुप जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज वार्ता भइरहेको छ ।यादव समूहले सहमतिका लागि अन्तिम पटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधान अनुसार अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट दुई अध्यक्षबीच वार्ता भएको हो ।  तर वार्ता स्थल गोप्य राखिएको छ । जसपा नेपालका नेताहरुले दुईजना अध्यक्षको बीचमा वार्ता भइरहेको बताएपनि वार्ता स्थलबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् । सत्ता समीकरण बनाउने क्रममा विवाद हुँदा पार्टी दुई