स्थानीय चुनावमा माओवादी–काँग्रेस, कार्यपालिकामा माओवादी–एमालेबीच तालमेल

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी–काँग्रेसबीच तालमेल भएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा कार्यपालिकाको चुनावमा भने माओवादी–एमालेबीच तालमेल भएको छ ।बुधबार भएको कार्यपालिका सदस्य निर्वाचनमा दुई खुल्ला सदस्य पदमा नेकपा एमालेबाट शंकर बहादुर कामी र माओवादी केन्द्रबाट उज्जिरे ढोली निर्वाचित भएका छन् । एमालेबाट निर्वाचित भएका कामीले ३३ मत ल्याउँदा माओवादी केन्द्रका उज्जीरे ढोलीले ३२ मत प्राप्त गरे । काँग्रेसका दीपक बिकले २० र अम्मरे कामीले १९ मत प्राप्त गरे । 

सम्बन्धित सामग्री

स्थानीय आवश्यकता अनुसार तालमेल हुनसक्छ : शंकर पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन्। आज भरतपुर पुगेका उनले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुनसक्ने बताएका हुन्। भने, 'स्थानीयस्तरमा पार्टी कमिटीले…

सिन्धुपाल्चोकको आधा स्थानीय तहमा तालमेल

सिन्धुपाल्चोकमा रहेको १२ स्थानीय तहमध्ये ६ वटामा तालमेल हुने देखिएको छ । सोमबार गरेको मनोनयनपत्र दर्ताको अवस्था हेर्दा दुई स्थानीय तहमा सत्ता गठबन्धन दल क‌ांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच...

तालमेल गर्ने/ नगर्ने अधिकार स्थानीय कमिटीलाई छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने/ नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताएका छन् । बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको बताएका हुन् । पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिँदै उनले भने, ‘पार्टीको निर्णयबारे […]

भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल हुने

भोजपुर, २७ चैत । आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् । बैठकमा […]

भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले भाेजपुरका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् ।

‘स्थानीय तह निर्वाचनमा विभिन्न दलसँग तालमेल हुन सक्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग तालमेल हुन सक्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुर आइपुगेका अध्यक्ष लिङ्देनले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताए । यद्यपि अहिलेसम्म औपचारिकरुपमा कुनै राजनीतिक दलसँग तालमेल गर्ने विषयमा कुराकानी नभएको उनको भनाइ थियो । देशभरिका सबै स्थानीय तहमा पार्टीले उम्मेदवारी दिने उल्ल

स्थानीय स्थिति, भावना र आवश्यकताका आधारमा तालमेल हुन्छ : महामन्त्री शर्मा

काभ्रे । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा पार्टीले स्थानीय स्थिति, भावना र आवश्यकताका आधारमा तालमेल गर्ने बताएका छन् । नेपाली काँग्रेस काभ्रेले गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै महामन्त्री शर्माले तालमेल बाध्यकारी नभएको भन्दै स्थानीय आवश्यकता‚ स्थिति र भावनाका आधारमा तालमेल गर्ने बताएका हुन् । ‘केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा तालमेल गर्न सकिने […]

एमालेमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई

एमालेले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । एमाले केन्द्रीय कमिटी बैठकले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको लागि अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको हो । एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै भएको बताए । स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महसुस गरेको खण्डमा तालमेल गर्न सकिने उनको भनाई छ । 'स्थानीय आवश्यकताको आधा

स्थानीय निर्वाचनमा एमालेले सम्भव भएसम्म तालमेल गर्ने

आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अन्य दलसँग आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने भएको छ । यसबारे पार्टीले अहिलेसम्म आधिकारिक निर्णय  गरिसकेको छैन् तर सत्तारूढ दलहरू चुनावी तालमेलमा देखिएपछि एमालेले पनि चुनावी तालमेल गर्ने केही नेताले जनाएका छन् ।  एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आवश्यकताको आधारमा अन्य दलहरूसँग चुनावी तालमेल हुने बताए । ‘अहिले नै हामीले निर्णय गरिसकेका छैनौं । तर, स्थानीय तहका उम्मेदवारको जित्ने सम्भावना, अन्य पार्टीका उम्मेदवारको अवस्था लगायत विषय