प्रशासनिक सेवा चुस्त बनाउन मुख्यसचिवलाई चेम्बरको सुझाव

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवा चुस्त र व्यवस्थित बनाउन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सुझाव दिएको छ । अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्र परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।  उनले भने, ‘समयबद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ । कर तिर्न जाँदा समेत घण्टांै लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्ने ठोस नीतिगत व्यवस्था आवश्यक छ ।’ चेम्बरले संसद्मा विचाराधीन आर्थिक विधेयक अगाडि बढाउन सहजीकरणका लागि समेत मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराएको छ । निजीक्षेत्रसँग सम्बन्धित आर्थिक तथा अन्य विधेयक समयमै पारित नहुँदा कतिपय समस्या सम्बोधन हुन नसकेको चेम्बरको भनाइ छ ।  ठूला जलविद्युत् आयोजना, पूर्वाधार विकास र औद्योगिक तथा पर्यटन प्रवर्द्धनका लागि विदेशी लगानी सम्मेलन यथाशीघ्र आयोजना गर्न समेत चेम्बरले मुख्यसचिव अर्याललाई आग्रह गरेको छ । चेम्बर पदाधिकारीसँगको भेटपछि मुख्यसचिव अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशील रहेको भन्दै उनले यसका लागि दीर्घकालीन नीतिगत योजना निर्माण भइरहेको बताए । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजीक्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव अर्यालले अन्तरराष्ट्रिय लगानीका लागि पनि पहल भइरहेको जानकारी दिए ।  

सम्बन्धित सामग्री

प्रशासनिक सेवा चुस्त बनाउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्य सचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयवद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो । अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी […]

समय तालिका बनाएर प्रशासनिक सेवा चुस्त बनाउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई सुझाव दिएको छ ।