रेणु यादवको अभिव्यक्तिले जसपामा विवाद, मन्त्रीबाट हटाउन अध्यक्ष उपेन्द्रमाथि दबाब

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सत्तारुढ जनता समाजवादी पार्टीभित्र अध्यक्ष उपेन्द्र यादवमाथि दबाब बढेको छ । वरिष्ठ नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरुले रेणु यादवको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै पार्टीले उनको बचाउ गर्न नसक्ने बताएका छन् । अर्को गौर नरसंहार मच्चाउने भनी दिएको अभिव्यक्तिले जसपाभित्र अध्यक्ष यादव दबाबमा छन् […]

सम्बन्धित सामग्री

मन्त्री यादव संकटमा, राजनीनामा दिन दबाब

सार्वजनिक मञ्चबाटै ‘नरसंहार’को धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबले मिल्दैन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन्। त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ। रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएकी थिइन्। त्यसका लागि उनलाई घेराबन्दी गरी हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन्। निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर हत्या फोरमकै...