एकीकृत समाजवादीको निष्कर्ष : औपचारिक प्रस्ताव आएपछि मात्रै सरकारबारे छलफल हुने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुन औपचारिक प्रस्तावको पखाईमा बसेको छ। सोमबार बसेको पोलिटब्युरो बैठकको निर्णय सुनाउँदै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुनका लागि कसैले पनि प्रस्ताव नगरेको बताए। ‘सरकारमा सहभागी हुन हामीलाई औपचारिक प्रस्ताव कसैले पनि राखेको छैन। यस विषयमा हामीले आवश्यक छलफल गर्नुपरेन। यो सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा हामी छलफल गरिरहेका छौं। सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौं,’

सम्बन्धित सामग्री

सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल जारी

सत्ता साझेदार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनका तर्फबाट उम्मेदवारीको सिट विभाजनबारे सोमबार पनि छलफल जारी रह्यो। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको शीर्ष नेताको बैठक दिउँसो २ बजेसम्म निरन्तर छलफल जारी रह्यो तर केही क्षेत्रमा सहमति नजुट्दा औपचारिक निर्णय हुन सकेन। दिउँसो ३ बजेपछि सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरूको बैठक बसे पनि निष्कर्ष आएन। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूबीच सिट बाँडफाँटको विषयमा छलफल भइरहेको छ।