यो देश कसको हो?

जीवनभर यही माटोको लागि आफ्नो जीवन सुम्पिएका अब्दुल काका मृत्युपछि लास छोप्ने  एक अँजुली माटो पाउँदैनन् भने मैले प्रश्न गर्नै पर्छ  यो देश कसको हो?

सम्बन्धित सामग्री

यो देश कसको ?

हुँदा खानेहरू मात्र होइन, हुनेखाने नेपालीहरू पनि सामथ्र्यले भ्याएसम्म हुलका हुल देश छाडेर विदेशतिरै ‘लम्क लम्क लम्क हे नौजवान हो’ गरिराछन् । किन होला ? पैसा ख्वाएर, लात्ती र अपमान सहेर, भकुन्डिएर, झुन्डिएर, लखेटिएर जसरी पनि मुलुक छाड्नु आवश्यकता होला कि बाध्यता ? देखासिकी होला कि लहैलहै ? जाने मात्रै हो र ? बलजफ्ती पठाउने बाबुआमा पनि छन् भन्या ! खासमा त देश भनेको यहाँका शासकहरू पो रहेछन् । सर्वसाधारणलाई त नुन, तेल, तरकारी, आदि पाए पुगिहाल्छ नि हो, दुई दिनको जिन्दगीमा । कोही भुटानी बनाएर नेपालीलाई अमेरिका छिराउन प्रयास गर्दै, कोही मेक्सिकोको सीमाबाट अवैध रूपले अमेरिका छिर्दै । कोही रसियन सेना बनेर लड्दै त कोही युक्रेनबाट लड्दै । देशभित्र बहादुरी देखाउन नपाएर कि नसकेर यी भाडाका सेना बन्न गाका होलान् ? यसरी नेपालबाट वैध वा अवैध बाटोबाट यति ठूलो संख्यामा नेपालीहरू निरन्तर विदेश छिर्न किन परेको होला ? तपाईंलाई ताजुप लागेको छ ? छक्क पर्नुभएको छ कि आश्चर्यमा ? छक्क पर्नै पर्दैन । सबैले भन्छन् पैसा कमाउन विदेश गएको । तर, नेपाली गरीब भएर विदेश गएकै होइनन् । उपायहीन र आर्थिक स्रोतविहीन मान्छे पचासौं लाख रुपैयाँ र महीनौंको समय खर्चेर विदेश जान सक्छ र ? किमार्थ सक्तैन । लाखौं खर्चेर विदेश हानिन सक्ने क्षमता कसरी आयो ? नेताहरूले देशलाई त स्वर्गैसरी बनाइसकेका छन् त । नेपालीलाई त उनीहरूले कुबेर नै बनाइसकेका रेछन् । त्यै भएर पो अहिले विदेश जानु नेपालीका लागि पानीपँधेरो सरह छ । त्यसैले त बसपार्क भन्दा प्लेनपार्कमा बढी भीड छ ।   नपत्याए हेर्नुस् त । वर्षकोे झण्डै ५० खर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा नेपालीले विदेश लगेको तथ्यांक छ । घुमन्ते पर्यटक भएर, शिक्षाटन र भिक्षाटन गरेर, स्वास्थ्य पर्यटक अर्थात् बिरामी टुरिष्ट बनेर । यसरी प्रत्येक वर्ष शिक्षाका लागि करीब ४ खर्ब, स्वास्थ्यमा अढाई खर्ब र अरू वैध–अवैध पूँजी पलायन करीब ४ खर्ब रुपियाँ देशबाट फुत्त फुत्त बाहिरिइरहेको छ । अमेरिकीलाई धनी बनाउन, साउदी अरबलाई झिलिमिली पार्न धेरथोर योगदान नेपालीको पनि छ । त्यसैले न नेपाल गरीब छ न नेपाली गरीब । जाबो अर्काको देशमा पुग्न यतिका धेरै रकम तिर्न सक्ने कसरी हुन्छ गरीब ? डलर बोक्दा समातिन्छ अनि त्यत्रो पैसा सजिलै विदेश लैजान पाइन्छ र भन्नुहोला । किन नपाउनु ? मान्छे नै तस्करी हुने देशमा जाबो पैसाको के कुरा ? चुट्कीको भरमा विदेश पुग्छ । हुन्डीवालादेखि भुँडीवालसम्म, एनआरएनएदेखि ज्वाइँनारानसम्म, साथीभाइदेखि हाईहेलोका चिनजानसम्म सबैले सघाएपछि अघाउन्जेल पुग्छ पैसा विदेश । यसमा नेपालको माथ्लो वर्गका राजनीतिज्ञ, कर्मचारी, व्यापारी र आफूलाई अभिजात ठान्नेहरूको भरपूर सहयोग रहेकै हुन्छ ।  कोही भन्छन् नेपालको शिक्षा गुणस्तरीय नभएर विदेश जान परेको रे । होइन नि । नेपालमा पढेकाहरूले विदेशमा टन्न छात्रवृत्ति पाइराछन् । विदेशीले नेपाली विद्यार्थीलाई तानी तानी लैजानुपर्ने, छानी छानी छात्रवृत्ति दिनुपर्ने बनाएको त यहीँका शासकहरूले, यहीँका विद्यालय/विश्वविद्यालयले हैन र भन्या ? अनि शासकहरूले यो गरेनन् र त्यो गरेनन् भनेर गाली मात्र गरिरहने ? त्यसैले यो कसैले चिन्ता लिनुपर्ने बिषय नै होइन । वास्तवमा देशप्रेमको नारा नै बकवास भैसक्यो । देश भनेको के हो ? चुच्चे नक्सा हो ? सिमाना हो ? माटो हो? हिमाल, पहाड, नदी हो? भूगोल हो ? झण्डा हो ? राष्ट्रिय गीत हो? दौरासुरुवाल हो ? खासमा त देश भनेको यहाँका शासकहरू पो रहेछन् । सर्वसाधारणलाई त नुन, तेल, तरकारी, आदि पाए पुगिहाल्छ नि हो, दुई दिनको जिन्दगीमा । पहिले देश राजा थियो । अहिले भने देशको परिभाषा अलिअलि फेरिएको छ । अहिले चैं देश भनेको नेता हो र अझ अभिनेता हो । पछिल्लो कालखण्डमा देश भनेको संघ हो । प्रदेश हो। कि स्थानीय तहहरू पनि हुन् । अर्थात् शासक वर्गको स्वार्थ नै देश हो । खै कुरा बुझेको ? यसरी आफ्नो अलिकति पनि स्वामित्वमा नभएको देश जनताको देश कसरी हुन्छ ? अनि आफ्नो देश नरहेपछि मान्छे त्यो देश भनेर बसिरहन्छन् कि देश खोज्दै विदेशका गल्ली गल्ली भौंतारिन थाल्छन् ? अबुझहरू सजिलै भन्छन् कि देश भनेको जनता हो । तर, कुन जनता ? श्रमिकहरू ? कि दरबान, कुल्ली र कान्छा, कान्छीहरू ? माटो खोस्रिएर घस्रिन खोज्ने गरीब गाउँलेहरू कतै देश हुन सक्छन् ? उनीहरू कसरी देशको परिभाषाभित्र पर्छन् र ? चुनावको बेलाबाहेक अन्य बेला नचाहिने ती पनि देश हुन्छन् र ? देश भनेको जहिले पनि शासकले आज्र्याको हो न कि सामान्य नागरिकहरूले । त्यसैले देश शासकहरूको मात्र हो कि तिनका आसेपासेको, न कि जनताको । यो देश सक्नेहरूको हो अर्थात् ठेट नेपाली भाषामा भन्नुपर्दा यो देश भालेहरूको हो ।  यो देश कसको ? यो देश कसको भालेको भित्रभित्रै टालेको बिजुलीबत्ती नबालेको गुण्डा बदमास पालेको । देशलाई ठेक्कामा हालेको  नैतिकता सबै फालेको छिमेकीले चाल चालेको टायरहरू धेरै बालेको पुरानो राजा फालेको नयाँ बन्न थालेको ।   पोथी होइन, भालेको नियत ठीक छैन लालेको सत्ताको चाल चालेको आफ्नैलाई जेल हालेको कांग्रेस कि एमालेको कि बूढा नेता र्‍यालेको ? हाम्रालाई पालेको राम्रालाई फालेको नियम कानून टालेको निमुखालाई गालेको दौरासुरुवाल फालेको विदेशी पोशाक हालेको । दशकौं सत्ता समालेको काण्डै काण्ड निकालेको भ्रष्टाचारले गालेको पशुपतिमा जलहरी हालेको दलालतन्त्रलाई पालेको देशलाई नर्कमा पसालेको ।  मुखमा राम कसेको भित्रै छुरा धसेको नयाँ जोगी पसेको  खरानी धेरै घसेको यो देश कसको भालेको भित्रभित्रै टालेको ।।

यो देश कसको ?

आजभोलि धेरै नेपाली युवाहरुको मनमा पटक-पटक उठिरहने प्रश्न हो- यो देश आखिरमा कसको हो ? यो देशमा कसले मात्रै गरिखान पाउने हो ? यो देशमा बाँच्ने अधिकार कसलाई मात्रै छ ? के देशमै केही गर्न कसैको गुलामी चाकडी या कार्यकर्ता बन्नैपर्ने हो ? यस्ता सयौं प्रश्न आफैंसँग गर्दै देशको अवस्थादेखि चिनितत छन् नेपाली युवा र […]

प्रदेशसभामा यसरी चुनिन्छन् समानुपातिक सांसद, संघभन्दा कति फरक?

काठमाडौं : मंसिर ४ गते भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ। प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन परिणाम आइसक्दा केन्द्रमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ भने प्रदेशमा पनि प्रत्यक्षतर्फ नेपाली कांग्रेसले नै बढी सिट ल्याएको छ।संघमा कसको नेतृत्वमा गठबन्धन सरकार बन्ला भन्ने कौतुहलता त छ नै तर देश संघीय संरचनामा गइसकेपछि प्रदेश सरकार पनि कसको बन्ला भन्ने त्यत्तिकै महत्व र कौतुहलता छ।प्रतिनिधि र प्रदेशसभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा (एमाले)ले पाएको छ। एमालेले प्रदेश सभामा ७०

मतदान गर्नुअघि यो देश कसको हातमा सुम्पिने सोच्न मतदातालाई ओलीको आग्रह

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि यो देश कसको हातमा सुम्पिने सोच्न मतदातालाई आग्रह गरेका छन्। बुधबार भिडियो सन्देशमार्फत आग्रह गर्दै ओलीले मतदाताले स्पष्ट निर्णय लिने समय आएको बताए। उनले भने, ‘‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने तय गर्छ, शेरबहादुर देउवाको हातमा कि म […]

भोट माग्दै ओलीले भने : देश शेरबहादुरको हातमा सुम्पने कि मेरो ?

३० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि यो देश कसको हातमा सम्पिने सोच्न मतदातालाई आग्रह गरेका छन् । मौन समय सुरु हुनु अघिल्लो दिन बुधबार भिडियो अपिल सार्वजनिक गर्दै ओलीले मतदाताले स्पष्ट निर्णय लिने समय आएको बताए । उनले भनेका छन्, ‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर्ष […]

मिटरब्याजी पीडितको प्रश्न : कसको देश ?

तातो घाममा न्याय माग्दै केही मानिसहरू बसेका छन् । उनीहरूको स्वर मलीन छ । त्यसैले राज्यमा पहुँच भएका तथा चर्का स्वर हुनेहरूले उनीहरूको व्यथा बुझ्न चाहँदैनन् ।सुरक्षाको ठेक्का लिएको तथा उनीहरूकै करबाट आफ्नो जीवन चलाउने आ–आफ्ना जिल्ला प्रशासन कार्यालयले न्याय नदिएपछि उनीहरू एकपटक फेरि काठमाडौं खाल्डोमा ओर्लिएका छन्, न्याय माग्न । उनीहरूजस्ता गरिबलाई लदाएर टाठाबाठाहरूले […]

नागरिकता विधेयक पारित भए देश फिजीतिर जान्छ–गंगा चौधरी

काठमाडौं–नेकपा एमालेकी सांसद गंगा चौधरीले सरकारले संसदमा पेश गरेको नागरिकता विधेयक पारित भए देश फिजीतिर जाने चेतावनी दिएकी छिन्। विधेयकमाथि मूल संशोधनकर्ता रहेकी चौधरीले शुक्रबारको संसद् बैठकमा नागरिकतालाई हल्का रुपमा लिन नहुने बताइन्। ‘विवाह गरेर आउनेबित्तिकै नागरिकता दिन मिल्दैन’, चौधरीले भनिन्, ‘कसलाई रिझाउन, कसको कुर्सीको निम्ति हामीले सबै कार्य गर्दै छौँ? यो देशलाई फिजीतिर लगिँदै […]

रूस – युक्रेन विवाद : कुन देश कसको साथमा ?

युक्रेनलाई अमेरिकासँगै जर्मनी लगायत शक्ती राष्ट्रको साथ छ । रुसलाई पनि विभिन्न देशहरुले साथ दिइरहेका छन् ।

इजरायल–प्यालेस्टाइन द्वन्द्व : कुन देश कसको पक्षमा ?

४ जेठ, काठमाडौं । एक हप्तादेखि इजरायल र प्यालेस्टाइनबीच रक्तपातपूर्ण आक्रमण जारी छ । इजरायलको आक्रमणबाट गाजामा भारी क्षति पुगेको छ । इजरायलको आक्रमणबाट एक सातायता २ सय जनाको मृत्यु भएको गाजामा प्यालेस्टाइनको चरमपन्थी संगठन हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५९ बालबालिका र ३५ महिलासमेत रहेको उल्लेख […]