६५ % पूँजी वृद्धि गरेको अरुण भ्याली हाइड्रोको नाफा ४० % भन्दा बढीले वृद्धि

वैशाख २८, काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनामा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रू. ९ करोड ९९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४० दशमलव १८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ७ करोड १३ लाखभन्दा बढी थियो । विद्युत् विक्री आम्दानी यस वर्ष ६२ दशमलव ८७ प्रतिशत बढेसँगै कम्पनीको सञ्चालन नाफा ३२ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ४ करोड २५ लाखभन्दा बढीको विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ९२ लाखभन्दा बढीको विद्युत् विक्री गरेको छ । सञ्चालन नाफा भने गत वर्ष रू. ९ करोड ८२ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. १३ करोड ५ लाखभन्दा बढी भएको छ । कम्पनीले बोनस शेयर र हकप्रद शेयर मार्फत ६५ प्रतिशतले चुक्तापूँजी बढाएर रू. १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार कायम गरेको छ । जगेडा कोष रकम ६४ प्रतिशत बढेर रू. १६ करोड २ लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ७ दशमलव ७१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव २७ रहेको छ ।  मूल्य आम्दानी अनुपात भने ५३ दशमलव ५८ रहेको छ ।  

सम्बन्धित सामग्री

पूँजी वृद्धि र नयाँ आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी

काठमाडौं । पूँजी वृद्धि, नयाँ आयोजना लगानी र ऋण तिर्नका लागि विभिन्न १२ कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, एनएलजी इन्स्योरेन्स, रिडी पावर, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् । यी सबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृतिसमेत पाइसकेका छन् ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले २ करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बिमा प्राधिकरणले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएसँगै हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाइड्रोपावर कम्पनीहरूले भने नयाँ आयोजनामा लगानी गर्न र ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । हाइड्रोपावर कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । आँखुखोला जलविद्युत कम्पनीले १ करोड २० लाख, अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले समान ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् ।  रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता, लिवर्टी इनर्जी कम्पनीले ७५ लाख, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता र छ्याङदी हाइड्रोपावरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । त्यस्तै जोशी हाइड्रोपावरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नारायणी डेभलमपेन्ट बैंकले भने २६ लाख २४ हजार ६७६कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड ।

दोस्रो त्रैमासमा अरुण भ्याली हाइड्रोपावरले कमायो ७ करोडभन्दा बढी नाफा

माघ १७, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रू. ७ करोड ४९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष कम्पनीको खुद नाफा १० दशमलव १० प्रतिशत बढी भएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा १३ दशमलव ८६ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ८ करोड ७९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको उक्त कम्पनीले यस वर्ष रू. १० करोड १ लाखभन्दा बढी यो नाफा गरेको हो ।  गत वर्षभन्दा ३२ प्रतिशत बढी अर्थात् रू. ४ करोड २ लाख विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीको कुल आम्दानी १७ प्रतिशत बढेको छ । गत वर्ष रू. ९ करोड ५७ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ११ करोड २१ लाखभन्दा बढी गरेको छ । हकप्रद र बोनस शेयर मार्फत् पूँजी वृद्धि गरी रू. १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा ६ दशमलव ३३ प्रतिशत कम अर्थात् रू. १३ करोड ५२ लाख कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव ८२ छ ।