नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जगलाई बलियो बनाउनका लागि भन्दै उम्मेदवारी घोषणा गरेका छन् । नेता शर्माले पछिल्लो समय पार्टीमा नेता कार्यकर्तालाई टिकट वितरणमा अन्याय गरेको र पार्टीमा योगदान गरेका कार्यकर्ताको कदर हुन छाडेकाले त्यसको अन्त्यका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले सबै नेताको आफूलाई आशीर्वाद रहेको दाबी गर्दै