विद्यार्थीलाई पाठ्यपुस्तक नि:शुल्‍क दिन विद्यालय र स्थानीय तहलाई निर्देशन

काठमाडौं : सरकारले नि:शुल्क नयाँ पाठ्यपुस्तक विद्यार्थीहरूलाई वितरण गर्न सामुदायिक विद्यालय र स्थानीय तहलाई निर्देशन दिएको छ। शुल्क लिएको गुनासो आएको भन्दै बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना जारी गरी शुल्क नलिन निर्देशन दिएको हो। सबै वर्गका विद्यार्थीहरूको पहिलो आवश्यकता पाठ्यपुस्तक भएकाले नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउने प्रयोजनका लागि सम्बन्धित स्थानीय तहको खातामा बजेट पठाइसकेको केन्द्रले जानकारी दिएको छ। ‘कतिपय स्थानीय तह र विद्यालयहरूले पाठ्यपुस्तक विकास केन्द्रबाट प्रकाश...