सेनाद्वारा दुर्घटनामा परेका ४ जनाको उद्धार

नेपाली सेनाले दुर्घटनामा परेका ४ जनाको  उद्धार गरेको छ । धादिङको थाक्रे स्थित ८ किलो भन्ने स्थानमा स्कोरपियो जिप दुर्घटना भइ  सडकबाट तल खस्न पुगेको थियो । सोही बेला तनहुँबाट काठमाडौ जाँदै गरेको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट ४ जनाको उद्धार गरेको सेनाले जनाएको छ।