ब्लड बैंक भवन एक वर्षदेखि प्रयोगविहीन

सल्यान :  ब्लड बैंक भवन स्थापना भएको एक वर्ष बितिसक्दा प्रयोगमा आउन सकेको छैन।सल्यान जिल्ला अस्पतालको परिसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको २० लाख रुपैयाँमा तीन कोठे भवन निर्माण गरिएको छ। आवश्यक जनशक्ति नहुँदा भवन निर्माण भए पनि सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए। उनले यसबारे नेपाल रेडक्रस सोसाइटी, शारदा नगरपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताए।रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्र