माछापुच्छ्रे बैंकको नेपालगञ्जको बागेश्वरी मन्दिरमा क्यूआर कोड संचालन

काठमाडौं, ५ बैशाख । नेपालगञ्जको पवित्र स्थल बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा संचालन गरेको छ । सेवाको सुरुवात नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्यूआर कोड मार्फत भेटी चढाई गरेका हुन् । कार्यक्रममा बोल्दै अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्यूआरकोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताए ।

सम्बन्धित सामग्री

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पामा रहेको भैरवनाथ मन्दिर परिसरमा क्यूआर सेवा सञ्चालनमा ल्याएको छ। रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश क्लस्ट नम्बर ५ का प्रमुख नारायण केसीले उक्त क्यूआर कोड सेवा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दप्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पामा रहेको भैरवनाथ मन्दिर परिसरमा क्यूआर सेवा सञ्चालनमा ल्याएको छ । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश क्लस्ट नम्बर ५ का प्रमुख नारायण केसीले उक्त क्यूआर कोड सेवा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दप्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । क्यूआर कोड सेवा सञ्चालनमा आएसँगै मन्दिरमा आउने दशनार्थीहरुले […]

विन्ध्यवासिनी र गलेश्वर धाममा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालयमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थ स्थल विन्ध्यवासिनी र गलेश्वर धाममा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । नेपाल […]

वीरगञ्ज तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्यूआर भुक्तानी सेवा सुरु

माछापुच्छ्रे बैंक, वीरगञ्ज शाखाले वीरगञ्जस्थित वीरगञ्ज तरकारी तथा फलफूल बजारका २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ

धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सञ्चालनमा

माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलवार नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले सो हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त क्यूआर कोड सेवा शुरू भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

तिनकुनेको हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले राजधानिको तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । बुधवार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर …