इस्लामाबाद- पाकिस्तानमा तनाव चुलिँदै गएको छ। पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुवा जीवितै रहे नरहेको प्रमाण सरकारसँग मागेका छन्। उनले ८४५ दिनअघि पक्राउ परेका इमरानलाई पछिल्ला ६ हप्तादेखि एक्लै ‘डेथ सेल’मा राखिएको बताएका छन् । त्यसपछि भेट्न, फोन र सन्देश लिन दिन पनि प्रतिबन्ध लगाइएको खुलाएका छन् । कासिमका अनुसार इमरानका दिदीबहिनीलाई समेत […]