चुनाव खर्च साढे ७ अर्ब लाग्ने आयोगको प्रारम्भिक अनुमान

काठमाडौं । निर्वाचन आयोगले यसपटक निर्वाचनका लागि साढे सात अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरेको छ । यो खर्च केवल प्रतिनिधिसभाको निर्वाचनका लागि हो । २०७२ सालमा संविधान जारी भएपछि प्रदेशसभासहित प्रतिनिधिसभाको निर्वाचन एकैपटक गराउँदै आएकोमा यसपटक भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहपछि बनेको सरकारलाई प्रतिनिधिसभाको मात्र निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ । […]