काठमाडौँ। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटाले व्यवस्थित बस्ती विकासका लागि पालिकाको भूमिका नै महत्त्वपूर्ण हुने बताएका छन्। बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजनासम्बन्धी अन्तरक्रियामा आज मन्त्री देवकोटाले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए। पालिकाहरूलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग प्रदान गर्ने बताउँदै […]