स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् सम्पन्न

काठमाडौं । न्यू बिजनेश एज प्रालिको आयोजनामा स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् सम्पन्न भएको छ । राजधानीमा एक विशेष समारोहबीच शुक्रवार सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सबै क्षेत्रमा महिलाको उपस्थिति रहनुपर्ने बताए । महिला प्रधानमन्त्री, राष्ट्रपतिमात्र हुनु महत्त्वको विषय नभएको उनको भनाइ छ । महिलाको उपस्थिति निर्माण, ड्राइभरलगायत क्षेत्रमा हुनुपर्ने उनले बताए । ‘परम्परागत रूपमा जुन क्षेत्रमा महिलालाई बन्देज गरिएको छ, त्यस ठाउँमा समेत उनीहरूको उपस्थिति हुनुपर्छ,’ उपाध्यक्ष पौडेलले भने । उनका अनुसार उद्यमी महिलाको संख्यासँगै निजामति सेवामा समेत उनीहरूको उपस्थिति बढ्न जरुरी छ । पौडेलले राज्यको स्रोतमा सबै समुदायको बराबर अधिकार भएको बताए । ‘आगामी आर्थिक वर्षको बजेट यही थिममा आउँछ,’ उनले भने ।  विशेषगरी, सबै घरमा बिजुली, पानी पुर्‍याउने नीति पनि बजेटमार्फत ल्याइने उनले जानकारी दिए । महामारीपछि माग बढेका कारण धेरै रकम आयातमा खर्च गर्नुपर्दा अर्थतन्त्रमा दबाब परेको उपाध्यक्ष पौडेलको भनाइ छ । बैंकबाट प्रवाह भएको धेरै कर्जा आयातमा गएका कारण भनेको समयमा ऋण नपाउने समस्या देखिए पनि यो ३–४ महीनामा हट्ने पौडेलको भनाइ छ । उनका अनुसार ऋणको कारण देश समस्यामा जाने अवस्था छैन । न्यू बिजनेश एजका निर्देशक सविता सुवेदीको स्वागत भाषणबाट शुरू भएको कार्यक्रममा कोभिड–१९ महामारीले ल्याएको अवसर र चुनौतीका विषयमा विभिन्न विज्ञसँग प्यानल छलफल गरिएको थियो । समारोहलाई सम्बोधन गर्ने क्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले आर्थिक रूपमा माथि उठाउन सकेमात्रै महिलाको सशक्तीकरण हुन सक्ने बताइन् । यसका लागि पूँजी सहजीकरण गर्न राष्ट्र बैंकले पहल गरिरहेको उनको भनाइ छ । ‘महिलाले कर्जा लिन खोज्दा बैंकहरूले धितो माग्ने समस्या छ, यसमा राष्ट्र बैंकले सहजीकरण गरिरहेको छ,’ उनले भनिन् । डेपुटी गभर्नर ढुंगानाका अनुसार कतिपय महिला उद्यमीले लिने कर्जाको उपयोगमै पनि समस्या देखिने गरेको छ । महिलालाई उद्यमशीलता विकासमा घरबाटै सहयोग हुनुपर्ने र महिला उद्यमीलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले आगामी दिनमा प्रयत्न गर्ने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लैंगिक समानताको विषयलाई संविधानले धेरै सम्बोधन गरेको बताए । महिला उद्यमशीलताको विषय गम्भीर भएको भन्दै उनले यो सैद्धान्तिक रूपमा भन्दा पनि व्यावहारिक रूपमा चुनौतीपूर्ण रहेको बताए । ‘महिला उद्यमशीलताको सवाल सैद्धान्तिक रूपमा मात्र नभएर व्यावहारिक रूपमै अगाडि बढाउनुपर्नेछ, हामीले भिजन पेपर पनि बनाएका छौं । त्यसमा महिला उद्यमशीलता कर्जामार्फत प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ,’ अध्यक्ष गोल्छाले भने । एक करोड रुपैयाँसम्मको परियोजनाका लागि सीमित धितो राखेर, विकास निकाय र बीमा संस्थामाझ धितोको जोखिम बाँडफाँट गरेर महिलालाई प्रोत्साहन गर्न सकिने उनको धारणा छ । यस्तो गर्न सके ‘प्याराडाइम शिफ्ट’ आउने उनले बताए । गोल्छाका अनुसार महिला उद्यमशीलता बढाउन महासंघमा विशेष समिति बनाइएको छ । समितिले काम पनि गरिरहेको छ । तर, कोभिड–१९ महामारीले २ वर्षयता सबैका लागि कठिन समय आए पनि महिलाले घरेलु हिंसालगायत अनेक समस्या भोग्नुपरेको अध्यक्ष गोल्छाले बताए । पछिल्लो समय अवस्थामा केही सुधार आए पनि गर्नुपर्ने काम धेरै बाँकी रहेको उनले औंल्याए । कार्यक्रममा स्ट्याण्डर्ड चार्टर्ड बैंक, रिटेल बैंकिङका ग्लोबल सीईओ जुडी सूले कोरोना भाइरसको महामारीले चुनौती सृजना गरेको बताइन् । उनले भिडियो सन्देशमा भनेकी छन्, ‘स्ट्याण्डर्ड चार्टर्डमा हामी के विश्वास गर्छौं भने हामीले व्यवसाय सञ्चालन गरिरहेको बजारमा सकारात्मक र दीर्घकालीन छाप छाड्नुपर्छ । नेपालमा पनि हाम्रा केही पहल अगाडि बढाउन पाउँदा म निकै खुशी छु ।’ महिला उद्यमशीलतालाई टेवा दिन उक्त बैंकले महिला उद्यमशीलता कर्जा दिइरहेको जानकारी दिँदै सूले स्ट्याण्डर्ड चार्टर्डमा विगत २ वर्षमा खाता संख्या पनि तीव्र वृद्धि भएको बताइन् । ‘महिलालाई रोजगार वा स्वरोजगार हुन आवश्यक शीप र ज्ञानयुक्त बनाउन हामीले प्लान इन्टरनेशनलसँग मिलेर युवा महिलाको रोजगार क्षमतालाई प्रवर्द्धन गर्ने परियोजना पनि शुरू गरेका छौं,’ उनले भनिन् । कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका डीसीईओ गोरख राणाले आर्थिक परिवर्तन तथा विकासका लागि समाजको हरेक पाटोमा महिलाको सहभागिता हुनुपर्ने बताए । महिलालाई समाजको हरेक परिवर्तनमा समावेश गर्नुपर्ने र लैंगिक समानतासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ । कार्यक्रममा सातै प्रदेशका उदीयमान महिला उद्यमीलाई अवार्डसहित प्रमाणपत्रबाट सम्मान गरिएको थियो । उद्यम, व्यवसायलाई प्रोत्साहन गर्ने यस्तो कार्यक्रम न्यू बिजनेश एजले सन् २०१३ देखि गर्दै आएको छ । महिला उद्यमीलाई सम्मान गर्ने कार्यक्रम भने सन् २०२१ देखि थालिएको थियो । अवार्डसको मुख्य प्रायोजक स्ट्यान्डर्ड चार्टर्ड बैंक र सह–प्रायोजक मुक्तिनाथ विकास बैंक लिमिटेड थिए । मेडिकल पार्टनर स्टार हस्पिटल, नलेज पार्टनर सेन्टर फर लिडरशिप एन्ड अन्त्रप्रेनरशिप, एअरलाइन्स पार्टनर टर्किस एअरलाइन्स, ई–कमर्श पार्टनर दराज, ननलाइफ इन्स्योरेन्स पाटर्नर नेको इन्सुरेन्स लिमिटेड र इन्टरनेट पार्टनर डिसहोम फाइबर नेट थियो । कार्यक्रमलाई कृषि विकास बैंक, सिप्रदी, रिलायबल लाइफ इन्स्योरेन्स, प्रोगेशिभ फाइनान्स लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स, महिला उद्यमी महासंघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र बैंकले पनि सहयोग गरेका थिए ।

सम्बन्धित सामग्री

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले उक्त रेटिङ पाएको हो । रेटिङका विषयमा इक्राले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतलाई मूल्यांकनको आधार बनाएको बताएको छ । रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो । साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले लगातार पाँच वर्षसम्म ‘थ्रि ए’ रेटिङ पाउनुले ग्राहक र सरोकारवालाप्रतिको बैंकको प्रतिबद्धता बलियो रहेको प्रमाण भएको बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले उक्त रेटिङ पाएको हो । रेटिङका विषयमा इक्राले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतलाई मूल्यांकनको आधार बनाएको बताएको छ । रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो । साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले लगातार पाँच वर्षसम्म ‘थ्रि ए’ रेटिङ पाउनुले ग्राहक र सरोकारवालाप्रतिको बैंकको प्रतिबद्धता बलियो रहेको प्रमाण भएको बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोग

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालमा पिछडिएका युवतीको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्पः सेपिङ दि फ्युचर प्रोजेक्ट’लाई उक्त आर्थिक सहयोग प्रदान गरेको हो । सिल्प प्रोजेक्ट बागमती र कोशी प्रदेशका विद्यालय वा […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा करेस्पोण्डेन्ट बैंकिङ्ग एकेडेमी संचालन

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले काठमाडौंमा करेस्पोण्डेन्ट बैंकिङ्ग (सिबि) एकेडेमी संचालन गरेको छ । कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले गरेका थिए । मिश्रले करेस्पोण्डेन्ट बैंकिङ्ग एकेडेमी मार्फत आफ्नो विश्वव्यापी सम्बन्ध र अनुभवको बारेमा नेपालका बैंकिङ्ग उद्योगलाई जानकारी प्रदान गरेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सिसिआइबि, क्लाइन्ट कभरेज, एशियाका क्षेत्रीय सहप्रमुख हेइडी तोरिबायोले ए

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच सम्झौता भएको छ ।सम्झौतासँगै युनिलिभरका वितरकलाई बैंकले आपूर्ति आवद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने भएको छ । यस कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृति प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानको लाभ लिन सक्नेछन् ।बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगी […]

स्ट्याण्डर्ड चार्टर्ड र युनिलिभर नेपाल सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको बैंकले जारी गरे

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा नक्सालमा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाडौंको नारायण चौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त

काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ४१२ औं बैठकले बैंकमा रिक्त रहेको कम्पनी सचिव

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा भण्डारी

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले कम्पनी सचिवमा गोपीकृष्ण भण्डारीलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको ४१०औं बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै, भण्डारीले वैशाख १७ गतेदेखि पदबहाली गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।