कश्मीरको एक सैन्य फायरिंग रेन्जको नाम विद्याको नाममा

एजेन्सी। ‘शेरनी’को सफलतापछि अकेडेमी अवार्डको छनोट समितीमा शामेल भएका जस्ता कुराहरुले चर्चामा रहेकी बलिउड अभिनेत्री विद्या बालनले अर्को ठूलो उपलब्धि हासिल गरेकी छन्। कश्मीरको एक सैन्य फायरिंग रेन्जको नाम विद्याको नाममा राखिएको छ। यो कुनैपनि कलाकारका लागि निकै ठूलो सम्मानको कुरा हो। अभिनेत्रीले वर्षको शुरुवातमा कश्मीरमा भारतीय सेनाले आयोजना गरेको ‘गुलमर्ग विन्टर फेस्टिवल’मा भाग लिएकी थिइन्।