एमसीसी उपाध्यक्षको विरोध गर्न खोज्दा स्वागत नेपाल लगायतका अभियान्ता पक्राउ

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारको विरोधका लागि विमानस्थल बाहिर पुगेका अभियान्तलाई प्रहरीले पक्राउ गरेको छ । उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष एवं स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपाल लगायतलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो ।  एमसीसी खारेजीको माग गर्दै आन्दोलन गरिरहेको अभियानका अभियान्ताहरूलाई विमानस्थल बाहिरबाट पक्राउ गरिएको हो ।  पक्राउ गरिएकाहरूलाई महेन्द्र प्रहरी क्लबमा राखिएको छ । विमानस्थल बाहिर सुरक्षा व्यवस्था कडा बनाइएकोमा स्वागत ने...

सम्बन्धित सामग्री

एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन नगराउन माग गरिएको दुईवटा रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) छुट्टछुट्टै रिट निवेदन लिएर सर्वोच्चमा दर्ता गर्न गएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सदनमा एमसीसी रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार (दरपिठ) गरेको छ । अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएका थिए । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालकाअनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई दरपीठ गरिदिएको हो । यसअघि पनि […]

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्न खोजेको आरोपमा ५४ जना पक्राउ

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्न खोजेको आरोपमा ५४ जना पक्राउ परेका छन् । अधिवक्ता स्वागत नेपाल, नीर्घ जैसीलगायतका व्यक्तिहरु पक्राउ परेका हुन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार अनुसार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालस्थित अमेरिकी राजदूतावास बाहिर र […]