पोखरामा विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

काठमाडौँ- पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए ।

सम्बन्धित सामग्री

पोखरामा विमान दुर्घटना : यात्रुको शव गण्डकी अस्पतालमा

काठमाडौँ- पोखराको सेती नदीको खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको छ । दुर्घटनास्थलमा फेला परेका शव गण्डकी अस्पताल ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् […]

भोलि शोक बिदा दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा विमान दुर्घटना भएको शोकमा सरकारले भोलि बिदा दिने निर्णय गरेको हो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। आइतबार काठमाडौँबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। हालसम्म […]

पोखरामा विमान दुर्घटना भएकाे बारे छानविन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक रूपमा बसेकाे बैठकले पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएकाे बारेमा छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसाे बसेकाे मन्त्रिपरिषदको बैठकले विमान दुर्घटनाकाे बारेमा छानबिन गर्नका समिति गठन गरेको हाे । सोमबार विमान दुर्घटनाको शोक घोषणा समेत गरेकाे एक मन्त्रीले जानकारी दिए । आवश्यक […]

पोखरामा विमान दुर्घटना : यात्रुको पहिचान खुल्यो

काठमाडौँ- पोखरामा आज बिहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ थिए । साथै, स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, […]

पोखरामा विमान दुर्घटना

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । प्राप्त समाचार अनुसार पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

यी ‘आइए’ वेबसाइटहरु जसले पत्रकार र पत्रकारितालाई बदनाम गर्दैछन्

शनिबारदेखि फेसबुकमा एउटा फोटोसहितको पोस्ट भाइरल भएको छ जसमा दावी गरिएको छ- पोखरामा विमान दुर्घटना भएछ अनि त्यसमा ११७ जनाको मृत्यु पनि भयो। मनगढन्ते कहानी कतिसम्म रचिएको छ भने काठमाडौँबाट जनकपुरतर्फ उडेको विमान पोखरा पुगेर दुर्घटना भयो रे। अनि बढीमा १६ जना यात्रु अट्ने टर्बोलेट विमानको फोटो राखेर ११७ जनाको मृत्यु रे। पख्नुस्, पत्रुकार भनेर… Continue reading